काठमाडौं, चैत ११ :

काठमाडौंको कालोपुलमा गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर लगाएर भत्काइएको छ । धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए ।

काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा ती जग्गमा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीले बताए । काठमाडौंका नदी किनाराका जग्गा, सरकारी जमिन र जंगल समेत अतिक्रमणको चपेटामा परेका छन् ।

धेरै जसो सरकारी जमिनहरु सुकुम्बासीका नाममा अतिक्रमण भएका छन् ।  काठमाडौं महानगर पालिकाले थापाथलीको नदी किनारामा बसेका सुकुम्बासीहरुलाई हटाउन खोज्दा दलहरुको संरक्षणका कारण अझै हटाउन सकेको छैन ।