शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
समाचार

दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि
काठमाडौँ, चैत १४ :

नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट सुरु हुँदैछ । 

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरमा तीन दिनसम्म सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा नेपालसहित जापान, अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका करिब एक सय ५० वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुने अमृत साइन्स क्याम्पसका उपप्राध्यापक एवं आयोजक संस्थाका सदस्य डा देवलप्रसाद भट्टराईले जानकारी दिए ।

सम्मेलनका क्रममा विभिन्न छ वटा विधामा आधारित रहेर एक सय १४ जना वैज्ञानिकले प्रस्तुती दिने उनले बताए । सम्मेलनको विषय क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका विज्ञ वैज्ञानिक र नयाँ पुस्ताका वैज्ञानिकहरूबीच सहकार्यलाई स्थापित र सुदृढ गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको डा भट्टराईको भनाइ छ । 

सम्मेलनमा क्वान्टम मेकानिक्स,  ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनजस्ता विषयहरूमा प्रस्तुती, मुख्य वक्तव्य र छलफल हुने आयोजकले जनाएको छ ।  

अनुसन्धाता प्रा डा लोककुमार श्रेष्ठले सम्मेलनमा नेपालमा अध्ययन, अनुसन्धान गरिरहेका अनुसन्धानकर्मीहरूले अन्तर्राष्ट्रियस्तरको अनुसन्धानको अनुभव आफ्नै देशमा हासिल गर्न पाउने र आफ्ना वैज्ञानिक प्रस्तुतिसमेत विज्ञहरू समक्ष पेस गर्न पाउने बताए । 

उनले पदार्थ विज्ञानका क्षेत्रमा विश्वले हासिल गरेका उपलब्धि, पछिल्लो विश्वको अनुसन्धानको गति र दिशा, तिनको विश्वव्यपाी प्रभावका बारेमा बृहत छलफल हुने र त्यसबाट नेपालका युवा वैज्ञानिक र विद्यार्थीहरू लाभान्वित हुने बताए । 

आयोजक संस्थाका सदस्य डा प्रकाशचन्द्र लोहनीले नेपालका विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धानका क्षेत्रमा अनुभवी वैज्ञानिक र नयाँ पुस्ताबीच ज्ञान आदानप्रदानका लागि पनि यस्ता सम्मेलन गर्न आवश्यक रहेको महसुस गरी विभिन्न संस्थाहरूको सहकार्यमा यसको सुरुआत गरिएको जानकारी दिए । उनले त्रिभुवन विश्वविद्यालयजस्ता पुराना शैक्षिक संस्थाले आफ्नो क्यालेन्डरमा राखेरै यस्ता सम्मेलन गर्नुपर्ने आवश्यकता औँल्याए । 

बिहीबारदेखि सुरु हुने सम्मेलन नेपालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धान क्षेत्रमा लाग्न हौसला प्रदान गर्न उपयोगी हुने विश्वास लिइएको छ ।

सम्मेलनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेशनल इन्टिच्युट अफ मटेरियल साइन्सेज (निम्स), डब्लुपिआइ, माना, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पस सह आयोजक रहेका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार