शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
समाचार

घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी चम्घाका स्थानीय खुसी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी चम्घाका स्थानीय खुसी
नवलपरासी, चैत १४ :

घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका- ३, चम्घाका स्थानीय खुसी भएका छन् । 

पहाडी  क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पुर्याएपछि त्यो समस्या समाधान भएको छ । 

डोको र  गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाको अन्त्यसँगै घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी छिन् । 

बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमाल पनि विगतमा खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने हुँदा पठनपाठनमा पनि असर परेको स्मरण गर्छन् । “यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले १ विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, पानी भर्न जाँदा विद्यार्थीको पठनपाठनै प्रभावित हुने अवस्था पनि आउँथ्यो तर हाल  खानेपानी योजना सम्पन्न भएपछि त्यो समस्या टरेको छ । जीवनयापन सहज भएको छ”, उनले भने । 

खोक्रेनी पँधेरोस्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका १२० परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्कबहादुर कुमालले जानकारी दिए ।

मोटरबाट पानी तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गर्ने र त्यसैबाट घरघरमा वितरण गर्ने काम भइरहेको उनले बताए । 

आयोजना बनेपछि विगतको समस्या समाधान भएको र थप घरमा समस्या समाधानको प्रयास भइरहेको अध्यक्ष कुमालको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार