
काठमाडौं, चैत १४ :
राजतन्त्रको पक्षमा माइतीघरमा नारा लगाउने अमेरिकी नागरिक पक्राउ परेका छन् ।
माइतीघरमा बिहीबार राजावादी पक्षधरहरुसँगै राजसंस्थाको पक्षमा नारा लगाइरहेका अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस् भन्दै माइतीघरमा ब्यानरसहित माइकिङ गर्दै बसेका ब्लिस एक्कासि राजसंस्थाको पक्षमा नारा लगाउँदै सरकारको विरोधमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी नेपालमा विभिन्न ठाउँमा गई ‘शाकाहारी अभियान’ चलाउँदै आएका छन् ।