
Photo: BBC Hindi
चैत १७ :
म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ ।
सैन्य नेताहरूले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र अझै १५० भन्दा धेरै बेपत्ता रहेको बताएका छन् ।
यसअघि म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए ।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मन्डलेमा ६९४ भन्दा बढीको मृत्यु भएको छ । जबकि राजधानी नेपिडमा ९४ जनाको मृत्यु भएको छ ।
म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। ७. ७ तीव्रता रहेको उक्त भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो ।
थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने एक सय जना कामदार बेपत्ता रहेको बीबीसीले उल्लेख गरेको छ ।