
काठमाडौं, चैत १७ :
प्रतिनिधिसभाको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले आज (आइतबार) पनि मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको जनाइएको छ ।
विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् ।
यसअघि जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।