शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रहेनन् वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
रहेनन् वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइराला
काठमाडौं, चैत १७ :

वरिष्ठ पत्रकार, लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ । सिंनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा उनको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।

पक्षाघात भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा एवं बीपी कोइरालाका भतिजा हुन् । किशोर उमेरदेखि कमल वामराजनीतिमा सक्रिय थिए । बाबु प्रधानमन्त्री छँदै उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुँदा गिरफ्तारसमेत भएका थिए ।

लामो समयदेखि पत्रकारिता एवं लेखनमा सक्रिय कोइराला नेपालका लागि कोरियाको राजदूतसमेत बनेका थिए ।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठका अनुसार भोलि (सोमबार) ११ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा गरिनेछ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार