
काठमाडौँ, भदौ ११ :
प्रधानमन्त्री केपी शर्मा ओली आज टुँडिखेलमा हुने गौरा पर्वको कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
आज कृष्ण जन्माष्टमी तथा सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै आफू टुँडिखेलमा हुने गौरा पर्वमा सहभागिता जनाउने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना दिदैँ चाडपर्वहरूले संस्कार र संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएको छ ।