
काठमाडौं, चैत १९ :
कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। आफ्ना साथीलाई गोली हान्नेमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
गत चैत १५ गते प्रदर्शन हुँदा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई आफ्नै निवास नजिक गोली लागेको थियो । उनले अहिले अस्पतालको सघन कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्।
दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै आन्दोलित बनेका विद्यार्थीहरुले माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिएका छन्।