काठमाडौं, चैत २० :

नयाँ चरणको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं आएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौमा बृहत् प्रदर्शन गरेका छन् ।

काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको थियो । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सयौंको सहभागिता रहेको छ । माग पूरा नभएपछि शिक्षकहरु अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्नादेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनसन समेत गरिसके ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबैका समस्या समाधान नभएसम्म यो आन्दोलन निरन्तर चली रहने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।