मेष : शुभचिन्तकसँगकाे भेटले उत्साह जगाउनेछ । प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ ।
वृष : समाजसेवामा समय दिँदा प्रशंसा पाइनेछ । आफन्तको सुझाबमा सुधारात्मक काम गर्न सहयोग मिल्नेछ ।
मिथुन : सानो प्रयत्नले राम्रो काममा फाइदा लिन सकिनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ ।
कर्कट : छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने योग रहेको छ ।
सिंह : आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् ।
कन्या : क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउन सकिएला । वैदेशिक यात्राको योग रहेको छ ।
तुला : भौतिक सम्पत्ति जोड्नुका साथै उपहार प्राप्त हुने दिन छ । अग्रजको सल्लाह मानेर अगाडि बढ्दा उचित हुनेछ ।
वृश्चिक : साथीभाइको सहयोगमा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् ।
धनु : धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ ।
मकर : व्यवसायको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथीभाइसँग रमाइलो गर्दै समय व्यतीत हुनेछ ।
कुम्भ : कृषि व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरू जोड्न सकिनेछ ।
मीन : आफन्तकाे सहयोगले प्रभावशाली काम बन्नेछ । कार्यक्षेत्रमा रमाइलोका लागि भ्रमणको तय हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान