
मेष : बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ । लामो समयदेखि रोकिएको कामले पूर्णता पाउनेछ।
वृष : मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आज यो राशिका लागि सेतो रङ भाग्यशाली रहेको छ ।
मिथुन : मानसम्मान बढ्नुका साथै शरीर स्वस्थ रहनेछ । रमणीय र सुखद यात्राको योग छ ।
कर्कट : महत्त्वपूर्ण कार्यमा भूमिका निर्वाह गर्नुपर्नेछ । अल्छीपन त्यागेमा आँटेको काममा सफलता मिल्नेछ ।
सिंह : सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। मनमा उत्साह छाउनेछ ।
कन्या : सकारात्मक कार्यमा सफलता मिल्नेछ । प्राविधिक र वैदेशिक कामहरू पुरा हुनेछन् ।
तुला : चिताएको कामले तीव्रता लिनेछ । बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित हुनेछ ।
वृश्चिक : रोकिएका काम पुनः सुरु हुनेछन् । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। विशिष्ट व्यक्तिले सहयोग गर्नेछन् ।
धनु : नयाँ जिम्मेवारी पाइनेछ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारबाट सोचेजस्तै लाभ हुनेछ ।
मकर : परोपकारजन्य कार्यमा लगाव बढ्नेछ । अरूलाई प्रभावित पारेर नयाँ काम बन्नेछ ।
कुम्भ : स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । विश्वास गरेकासँग आर्थिक कारोबार गर्दा सचेत रहनुपर्नेछ ।
मीन : पुरानो समस्या समाधान हुँदा मन शान्त हुनेछ । अकस्मात् नसोचेको उपहार प्राप्त होला ।