काठमाडौँ, भदौ १२ :

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्नुहुने भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउनुभएको छ।