शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रौतहटबाट गाँजा र अवैध हतियारसहित एक जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
रौतहटबाट गाँजा र अवैध हतियारसहित एक जना पक्राउ
काठमाडौँ, चैत २७ :

रौतहटमा लागुऔषध गाँजा र अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । 

गौर नगरपालिका- ४ टिकुलियाका २१ वर्षीय सावन गिरी कटुवा पेस्तोल, गोली र गाँजासहित पक्राउ परेका हुन् । 

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका- १ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गिरीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमान्डमा गएको टोलीले सोमबार राति गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेका गिरीलाई प्रहरीले देखेपछि गाँजा फालेर भागेका थिए । त्यसपछि प्रहरी टोलीले उनलाई लखेटेर नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार