वीरगन्ज, चैत ३१ :

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । 

आज मध्याह्न १२:०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७:३० बजेदेखि आइतबार १२:०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२:०० बजेसम्मका लागि बढाएको जानकारी दिए ।

शनिबार हनुमान जयन्तिको शोभा यात्रा गर्ने क्रममा दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास र हवाई फायर गरेको थियो ।
झडपका क्रममा प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन् ।  घाइतेहरूको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको छ ।