हामीले वि.सं. २०८१ लाई बिदा गर्दै २०८२ साललाई आजदेखि स्वागत गरेका छौं । सामाजिक सञ्जाल, आपसमा भेटघाट, फोन गरेरै पनि आफन्तजनलाई नयाँ वर्षको शुभकामना आदानप्रदान गरिरहेका छौं ।
यस वर्ष ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् । यस्तै विभिन्न दिवस र पर्वहरुका अवसरमा भने ३६ दिन सार्वजनिक बिदा परेको छ । यी बिदामा आकस्मिक, स्थानीय पालिकाहरुबाट दिइने बिदा भने थपघट हुन सक्नेछन् ।
२०८२ सालको बिदा :
वैशाख
वैशाखमा ४ दिन शनिबार ।
वैशाख १ गते नयाँ वर्ष ।
१८ गते विश्व मजदुर दिवस ।
२९ गते चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्व
जेठ
जेठमा ५ दिन शनिबार ।
१५ गते गणतन्त्र दिवस ।
असार
असारमा ४ शनिबार ।
साउन
साउनमा ५ वटा शनिबार ।
२४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन् ।
२५ गते गाईजात्रा पर्व (काठमाडौं उपत्यकामा सार्वजनिक बिदा) ।
भदौ
भदौमा ४ वटा शनिबार ।
भदौ ७ गते बुबाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ ।
१० गते हरितालिका (तीज) ।
१५ गते गौरा पर्व ।
२१ गते इन्द्रजात्रा ।
३० गते जितिया पर्व ।
असोज
असोजमा ४ वटा शनिबार ।
३ गते संविधान दिवस ।
असोज ६ गते दसैंको घटस्थापना बिदा ।
असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा ।
कात्तिक
कात्तिकमा ५ वटा शनिबार ।
३ देखि ७ गतेसम्म तिहार बिदा ।
१० गते छठ पर्व ।
२५ गते फाल्गुनन्द जयन्ती ।
मंसिर
मंसिरमा ४ वटा शनिबार ।
१७ गते धान्य पूर्णिमा, किरात समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा ।
१८ गते ज्यापु दिवस ।
पुस
पुसमा ४ वटा शनिबार ।
१० गते क्रिसमस डे ।
१५ गते तमु ल्होछार
२७ गते पृथ्वी जयन्ती ।
माघ
माघमा ४ वटा शनिबार ।
१ गते माघी पर्व अर्थात् माघे संक्रान्ति ।
५ गते सोनम ल्होछार ।
९ गते सरस्वती पूजा ।
१६ गते सहिद दिवस ।
फागुन
फागुनमा ५ वटा शनिबार ।
३ गते महाशिवरात्रि ।
६ गते ग्याल्पो ल्होसार
७ गते राष्ट्रिय प्रजातन्त्र दिवस ।
१८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई-मधेसमा होली पर्वको बिदा ।
२४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) ।
चैत
चैतमा ४ वटा शनिबार ।
४ गते घोडेजात्रा (काठमाडौं उपत्यका) बिदा ।
१३ गते रामनवमी ।