चितवन, वैशाख १ :

चितवनका छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका २ का २५ वर्षीय लालबाबु पासवान छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका ४ सापकोटा चोकनजिक बा.प्र ०६-००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो ।

आज (सोमबार) बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रत्ननगर नगरपालिका ६, दाराहात्ती चोकमा जंगल सफारी गरिरहेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । ना.४च ३३५५ नम्बरको जिप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा यात्रारत तीनजना घाइते भएका हुन् ।

खनालका अनुसार जिपमा यात्रा गरिरहेका अन्य सातजना सकुशल छन् । घाइते तीनैजनाको अजस्था खतरामुक्त रहेको पनि खनालले जनाए । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।