सर्वोच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको औचित्यबारे विवरणसहितको कैफियत प्रतिवेदन माग गरेको हो।
जोशीले आफूलाई थुनामा राख्ने आदेश बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले आदेशको कारण पेश गर्न उच्च अदालतलाई निर्देशन दिएको हो।
यसअघि उच्च अदालतको बुटवल इजलासले रवि लामिछाने र जोशीलाई थुनामा पठाउने आदेश दिएको थियो।
यसअघि जिल्ला अदालत रुपन्देहीले दिएको थुनामा पठाउने आदेशलाई उच्च अदालत बुटवल इजलासले सदर गरेको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशी हाल थुनामै छन्।