काठमाडौं, वैशाख १० :

 

मेष : शत्रु परास्त हुनेछन् । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

वृष :  प्रेममा सफलता मिल्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।

मिथुन : काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ ।

कर्कट : मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

सिंह : बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । विदेश यात्राको योग छ ।

कन्या : पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । प्रेम प्रसंगमा रमाउन चाहनेका लागि समयले साथ दिनेछ ।  

तुला : टाढाको आफन्तको निम्तो आउने तथा यात्रा हुने सम्भावना छ । देश-विदेशको यात्रा गर्ने अवसर मिल्नेछ ।  

वृश्चिक : नोकरीमा बढुवा हुने योग छ । नयाँ कामको प्रस्ताव आउनेछ ।

धनु : सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइबाट बधाई आउनेछ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला ।

मकर : सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ : सहयोगीले साथ दिँदा कामहरु समयमा सम्पन्न हुनेछन् । विदेशी सामानको व्यापार फस्टाउनेछ ।

मीन : सरकारी तथा पैत्रिक धन-सम्पत्ति प्रयोगमार्फत रोजगारी सिर्जना गरी लाभ लिन सकिनेछ । बौद्धिक क्षमता बढ्ने ।