काठमाडौं, वैशाख १२ :

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली घोषणा गरेको छ ।

टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिँदै १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । यसअघि उपकप्तान रहेकी सीता रानामगर चोटका कारण टिम बाहिर हुँदा महतोले अवसर पाएकी हुन् ।

थाइल्यान्डमा मे ९ देखि २० सम्म विश्वकप छनोट हुँदै छ। नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

यस्तो छ नेपाली टोली
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोद्दार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा ।