काठमाडौं, वैशाख १४ :

काठमाडौं महानगरपालिकाले आज (आइतबार) शोक बिदा दिने निर्णय गरेको छ ।

तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आज शोक बिदा दिएको हो ।

उनको अस्ति शुक्रबार निधन भएको थियो । निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी गराएका छन् ।

२००४ माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उपप्रधानपञ्चका रुप उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको उच्च सम्मान बिदा दिने निर्णय भएको महानगरले जनाएको छ ।