शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार अर्थतन्त्र

अर्थतन्त्र सुधार हुँदै गइरहेको छः गभर्नर अधिकारी

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
अर्थतन्त्र सुधार हुँदै गइरहेको छः गभर्नर अधिकारी
काठमाडौँ, भदौ १७ :

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको बताउनुभएको छ ।

आज नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको बताउनुभएको हो ।

बाह्य क्षेत्र सहज रहेको जनाउदै उहाँले मुद्रास्फीति घटेको र बैङ्क तथा वित्तीय संस्थामा तरलता बढेको उल्लेख गर्नुभएको हो ।

गभर्नर अधिकारीले अटोमोबाइल र पुँजीबजार लगायतका क्षेत्र चलायमान हुँदै गएकोले चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रणालीमा के- के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताउनुभयो ।

बाफिया विधेयकले बैङ्क तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार