आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार विदेश

‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन
काठमाडौं, वैशाख ३१ :

ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । उनलाई ‘पेपे’ भनेर चिनिन्थ्यो ।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्वछापामार नेता होसे मुहिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थ्यो ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले सामाजिक  सञ्जाल एक्समा होसे मुहिकाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराका लागि र तपाईंका जनताप्रति तपाईंको गहिरो प्रेमको लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि उनी लामो समयदेखि अन्ननलीको क्यान्सरबाट पीडित थिए । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार