ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । उनलाई ‘पेपे’ भनेर चिनिन्थ्यो ।
२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्वछापामार नेता होसे मुहिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थ्यो ।
उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले सामाजिक सञ्जाल एक्समा होसे मुहिकाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराका लागि र तपाईंका जनताप्रति तपाईंको गहिरो प्रेमको लागि धन्यवाद ।’
पूर्वराष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि उनी लामो समयदेखि अन्ननलीको क्यान्सरबाट पीडित थिए । -बीबीसी
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।