
काठमाडाैं, जेठ ३ :
पछिल्लो २४ घण्टामा आएको हावाहुरीका कारण देशभर ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन्।
हावाहुरीले ६ घर र २ गोठमा क्षति पुर्याएको छ भने पूर्वी नवलपरासीको कावासोतीस्थित नवलपुर एफएम १०४.४ मेगाहर्जको टावर ढलेर रेडियो प्रसारण अवरुद्ध भएको छ।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार प्रारम्भिक अनुमानमा हावाहुरीबाट करिब १ अर्ब ८ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
हिजो (शुक्रबार) देशभर १८ स्थानमा आगलागी भएको र ५९ स्थानमा चट्याङ परेको प्रहरी प्रधान कार्यालयद्वारा विपद्सम्बन्धी जारी विवरणमा उल्लेख छ।