शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मनाेरञ्जन

चलचित्र ‘द ब्ल्यु लाइट’ निर्माणको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
चलचित्र ‘द ब्ल्यु लाइट’ निर्माणको घोषणा
काठमाडौं, जेठ ६ :

चलचित्र ‘द ब्ल्यु लाइट’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

‘द ब्ल्यु लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यु लाइट’को को-प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । ‘द ब्ल्यु लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

‘द ब्ल्यु लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।

चलचित्रको थिम पोस्टरमा नामजस्तै नीलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । जुङरुङ्ग  फिँजारिएको कपाल छ । उनको अगाडि नीलो कलर छ । नीलो बादलजस्तो पनि देखिन्छ । बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । तर प्रस्ट छैन ।

निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रस्ट पारेका छैनन् । उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन् । केही समयपछि कलाकारको लाइनअप सार्वजनिक गर्ने निर्देशक चौहानले बताएका छन् ।

‘हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौं । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौं,’ निर्देशक चौहानले भने, ‘अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो सिनेमामा हुनुहुनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार