
दाङ, भदौ १९ :
फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका- ७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताउनुभयो ।
सरसफाइका क्रममा भेटिएका पानीका बोतललाई सङ्कलन गरि बेचेको रकमले विद्यालयका ५० भन्दा बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो ।