काठमाडाैं, जेठ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

कार्यबाहक प्रवक्ता मनीष झाले गृहमन्त्री लेखकले नै विगतमा प्रश्न उठेपछि राजीनामा दिनु पर्छ भन्ने अभिव्यक्तिको स्मरण गराउँदै अहिलेको अवस्थामा पनि राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका हुन्।

गृहमन्त्रीले राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले भर्चुअल रुपमा शनिबार बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै विज्ञप्तिमा गृहमन्त्री र उनको सचिवालय भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा संलग्न भएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख छ। 

यता, गृह मन्त्रालयले अख्तियारको छानबिनमा पूर्ण सहयोग गर्ने बताउँदै मन्त्री लेखकको संलग्नता नरहेको प्रस्ट पारेको छ ।