शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

समस्या पहिचान गरेर तयारी गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
स्वास्थ्य मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
काठमाडौं, जेठ १३ :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।

वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको  सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम सम्बन्धमा ६ वटा निर्णय गरेको उनको निजी सचिवालयले जनाएको छ ।

विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग आज भएको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुलाई समस्या समयमा नै पहिचान गरेर तयारी गर्न निर्देशन दिए ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।

साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक सूचना सङ्कलनका साथै तथा तयारी अघि बढाउनेछ ।

महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने छ ।

यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी थालिने छ ।

‘सङ्क्रामक रोग ऐन, २०२०’ लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस निर्णय बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार