
काठमाडौं, जेठ १६ :
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गरेका छन् ।
भेटका अवसरमा राष्ट्रपतिलाई घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम र भावी योजनाबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा घिसिङले १५औं संस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आथित्यताका लागि राष्ट्रपतिलाई आग्रहसमेत गरेका थिए ।
राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदै छ । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।