शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार विदेश भिडियो

एअर इन्डियाको विमान दुर्घटनामा सय जनाको मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान

मृत्यु हुनेमा ५३ बेलायती, ७ पोर्तुगीजी र १ क्यानेडियन रहेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
एअर इन्डियाको विमान दुर्घटनामा सय जनाको मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान
अहमदाबाद, जेठ २९ :

एअर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा अहिलेसम्म १०० जनाको मृत्यु भएको पुष्टि भएको छ।  विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए।

दुर्घटनामा मृत्यु हुनेहरुमा ५३ जना बेलायती, ७ जना पोर्तुगीजी र १ जना क्यानाडाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेपनि मृतक सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

AI-171 नम्बरको यो विमानले दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटपछि, १:४० बजे, एयरपोर्टको दीवार नजिकै र एयर कस्टम कार्गो अफिसको छेउमा ठोक्किँदै दुर्घटनाग्रस्त भएको हो। विमानले ठोक्किएको भवनमा अहमदाबाद सिविल अस्पतालका डाक्टरहरू बसोबास गर्दै आएका थिए। दुर्घटनामा १५ जना डाक्टर घाइते भएको भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

विमान दुर्घटनापछि समग्र क्षेत्रमा बाक्लो धुवाँले ढाकेको थियो भने सुरक्षाकर्मी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको एअर इन्डियाले जनाएको छ।

 

र यो पनि…

एयर इन्डियाको विमानमा गुजरातका पूर्वमुख्यमन्त्रीसहित ५२ बेलायती र ६ पोर्चुगाली रहेको पुष्टि

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार