काठमाडौं, असार १ :

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले संसद्‌को क्यालेन्डरलगायत विषयमा छलफल गरेका हुन् ।

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक सहभागी भए ।

प्रतिनिधिसभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यस विषयमा पनि सभामुख घिमिरेले दलहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।