काठमाडौं, असार १० :

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ- १५ घर भएका ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई प्रहरीले सोमबार काठमाडौँ नागार्जुन नपा-७, रामकोटबाट पक्राउ गरेको हो ।

असई पदमा नाम निकाल्दिन्छु भनी उनले पीडितबाट ४ लाख ९१ हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । ठगी गरी उनी फरार रहेका थिए ।  थप अनुसन्धान लागि क्षेत्रीलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।