![]()
प्रधानमन्त्री केपी ओलीले आफूहरूको मिहिनेतले एसईई नतिजामा सुधार आएको बताएका छन् ।
एसईईको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मिहिनेत काम लागेको बताएका हुन् ।
‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यस वर्ष जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ ।
२०८१ को एसइई ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।