शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार विदेश

ल कलेजमा छात्रामाथि बलात्कार, अनुसन्धानका लागि ४ सदस्यीय टोली पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
ल कलेजमा छात्रामाथि बलात्कार, अनुसन्धानका लागि ४ सदस्यीय टोली पठाइयो
कोलकाता, असार १६ :

पश्चिम बंगालको राजधानी कोलकाताको ल (कानुन) कलेजमा एक छात्रामाथि भएको बलात्कारले शैक्षिक संस्थाहरूमा सुरक्षाबारे नयाँ बहस सुरु गरेको छ ।

यो घटना बाहिर आएसँगै राज्य सरकार विपक्षीको निशानामा परेको छ ।

यसैबीच भाजपाले चार सदस्यीय सत्यतथ्य पत्ता लगाउनका लागि टोली गठन गरेको छ । जसमा सत्यपाल सिंह, मीनाक्षी लेखी, विप्लवकुमार देव र मननकुमार मिश्रा रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।

यो टोली सोमबार बिहान दिल्लीबाट कोलकाताका लागि प्रस्थान गरेको छ ।

घटनापछि आरोपितहरू सत्तारूढ तृणमूल कांग्रेससँग सम्बन्धित रहेको आरोप लगाइएको थियो । जुन अब स्पष्ट भएको छ कि तिनीहरू तृणमूल कांग्रेस छात्र परिषद्‌सँग जोडिएका थिए ।

यस घटनामा प्रहरीले दुई वर्तमान विद्यार्थी, एक पूर्वविद्यार्थी र कलेजका एक सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ । यहाँको प्रहरीले बलात्कार घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार