
माेरङ, असार १६ :
मोरङमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले उनकै काकालाई पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका–५ का अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव शनिबार दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो । शव फेला परेको स्थान उनको घरबाट करिब एक सय मिटर टाढा पर्दछ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालिकाकै २२ वर्षीय काका अनिष सरदारलाई पक्राउ गरेको छ। सुरुमा घटनामा संलग्नता अस्वीकार गरेका अनिषमाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।