
डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न रहेका ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन् ।
उनीहरु गैर कानुनी कारोबारमा संलग्न रहेको पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका ४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर र मेटो डेटिङ एप सञ्चालन गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले काठमाडौं १३ चागलमा एक घर भाडामा लिई शाखा कार्यालय सञ्चालन गरी विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारी क्रिप्टो कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूबाट स्रोत नखुलेको १३ लाख ९९ सय हजार ९५० रुपियाँ समेत बरामद गरेको छ । उनीहरूलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जनाएको छ ।
पक्राउ परेका ५२ जनामध्ये मुख्य ६ जना चिनियाँ नागरिकमाथि मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको जनाएको छ।