काठमाण्डौँ , भदौ २६ :

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । 

दिउसो १ बजे बस्ने बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले “बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने कार्यसूची रहेको छ।
 
त्यस्तै, आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 

त्यसैगरी बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।