आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री पाण्डे
काठमाडौं, असार ३२ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताए । उनले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताए ।

संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उनले उल्लेख गरे । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उनले यसबीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताए । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशील बनाउन आफू लागिपरेको पनि बताए ।

‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसैभित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्त्व हो । यदि संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ ।  संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ,’ उनले भने ।

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार