शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने सरकारको निर्णय

· सोमबार, १५ साउन, २०८१ मा प्रकाशित
तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने सरकारको निर्णय

काठमाडौँ, साउन १४ : नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । 
बैठकपछि  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो । 
सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । 
यसैगरी, बैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार