
बागलुङ, भदौ २९ :
बागलुङ गलकोट नगरपालिका- २ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
बागलुङबाट गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।
दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।