सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
समाचार राजनीति भिडियो

‘१७ हजारका नामले माओवादीलाई अझै पनि बद्‌नाम गर्दै छन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
‘१७ हजारका नामले माओवादीलाई अझै पनि बद्‌नाम गर्दै छन्’
काठमाडौं, साउन १८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अझै पनि माओवादीको बद्नाम गर्न १७ हजार भन्ने गरेको दाहालको भनाइ छ ।

आफूहरुले सहिदका सपना पूरा गर्न जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महसुस गरेर अहिले सहिद, बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम सुरु गरेको उनले बताए ।

‘हामीलाई अहिले पनि बद्नाम गर्ने कसरत गरिरहेका छन् । १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ । हामीले हालै महान् सहिदलाई जुन स्तरबाट सम्मान गर्नुपर्थ्यो त्यसमा केही त्रुटि गर्‍यौं, हाम्रा सहिद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ,’ उनले भने ।

सहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महसस भएको पनि दाहालले जनाए । प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उनले उल्लेख गरे । नेपालमा फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने उनको भनाइ छ ।

‘पार्टी बैठकहरुमा फेरि पनि प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान् सहिदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दै छौं ।’

अध्यक्ष दाहालले पार्टी विभाजन गर्न अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार