काठमाडौँ, भदौ ३० :
देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी आज राष्ट्रिय बाल दिवस मनाइँदैछ ।
'बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ मनाउन लागिएको दिवसका बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालयहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।
सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवस घोषणा गरेर चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
यो दिवस राष्ट्रियस्तरमा मनाउने गरिएपनि अधिकारबाट बञ्चित बालबालिकाको अवस्थामा अपेक्षा गरिए अनुसार भने सुधार हुन नसकेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।
बालअधिकारकर्मीका अनुसार देशका विभिन्न ठाउँमा बाल श्रमशोषण कायमै रहेको, विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै रहेको बताएका छन् ।।