
बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी काठमाडौंको न्यूरोडस्थित विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ७ जना पदाधिकारी फरार भएका छन्।
फरार हुनेहरूमा अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरु अनिता थापा र रोहित खड्का छन्।
काठमाडौं जिल्ला अदालतमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको छ र खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि उनीहरुलाई फरार प्रतिवादी बनाइएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।
लाखौं जनताहरु सहकारी पीडित भएका छन् । सर्वसाधारण दुःख गरेर जम्मा पारेको पैसा प्रायजसो सहकारीका ठगहरुले खाइदिएका छैन । सरकारले केहीलाई पक्राउ गरे पनि मुख्य ठगी गर्नेलाई नियन्त्रणमा लिन सकेको छैन । कुनै पनि बेला ठगिन सक्ने भन्दै सर्वसाधारण जनताले अहिले सहकारीमा पैसा राख्न छाडेका छन् ।