काठमाण्डौँ , भदौ ३० :

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी  संसदीय छानबिन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।

समिति सभापति सूर्य थापाले आज साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको प्रतिबद्धता लिन लागिएको जानकारी दिनुभयो ।

आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी रहेको उहाँले बताउनुभयो ।

समितिको कार्यादेश अनुसार छानबिन सकिएको र प्रतिवेदनलाई अन्तिम रूप दिन लागिएको थापाले बताउनुभयो ।