
सेयर बजार आज (सोमबार) २७.९० अंकले घटेको छ । योसँगै नेप्से २८२२.४६ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७४ अंकले घट्दै ४८५.४१ विन्दुमा झरेको छ ।
नेप्सेमा आज ३२४ वटा कम्पनीको ९८ हजार ५२५ पटकको कारोबारमा दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच भए । जसअनुसार आज १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ रुपैयाँबराबरको कारोबार भएको छ ।
सेयरबजारमा आज २२० कम्पनीका सेयर मूल्य घटे । यस्तै २० वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुईवटा अर्थात् अन्य समूह र सामूहिक लगानी कोषको सेयर मूल्य मात्र बढ्यो । अरु सबै समूह राताम्मे बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४०६.१० रुपैयाँ कायम रह्यो ।
यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता २२४६.२८ रुपैयाँ कायम रह्यो ।
नेप्सेमा आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ । शिवम्को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रह्यो । यसको ५३ करोड ८८ लाख ६० हजार ९५७ रुपैयाँको सेयर कारोबार भएको छ ।