सुनसरी, भदौ ३१ :

सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा विद्युतीय नगर बस सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाले असोज १ गतेबाट सञ्चालन गर्न विद्युतीय बस खरिद गरेर कार्यालय परिसरमा राखेको छ। 

चार वटा नगर बस असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।