
बारा, असोज १ :
बाराको पूर्व- पश्चिम राजमार्गस्थित उनासी पुलमा गएराती बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् ।
दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् ।
घाइतेहरूको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि. टी अस्पताल निजगढमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले जानकारी दिनुभयो ।