प्रधान सेनापति अशोकराज सिग्देल स्वेदश फर्किएका छन् ।
थाई शाही सेनाको सहकार्यमा यही भदौ १० देखि १२ गतेसम्म मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो-प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् ।
प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
सिग्देललाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।