आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड
ललितपुर, भदौ १४ :

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन् । साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घ ललितपुरले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिए ।

‘पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमूलक मिडियाले परिपूरण गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा ,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यावसायिक पत्रकारितामा जोड दिएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार