
काठमाडौं, भदौ १७ :
नेकपा एमालेका नेता ऐन महरविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिलको कार्यालय, काठमाडौँले महरविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
एक महिलाले महरविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा भदौ ११ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उक्त दिनै सरकारी वकिलको कार्यालयले महरलाई हाजिरी जमानीमा छाडेको थियो। मुद्दा अदालत पुगेसँगै अब थुनछेक बहस प्रक्रिया अघि बढ्नेछ।